Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

इरानद्वारा मध्यपूर्वस्थित अमेरिकी सैन्य बेसहरूमा मिसाइल र ड्रोन आक्रमण, यूएईसहित केही देशले हवाइमार्ग बन्द गरे

काठमाडौं— इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ। आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कतार र कुवेत लगायतका मुलुकहरूमा विस्फोटको आवाज सुनिएको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ। आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कतार र कुवेत लगायतका मुलुकहरूमा विस्फोटको आवाज सुनिएको छ भने सुरक्षा सतर्कता उच्च पारिएको छ।

यूएईको राजधानी आबुधावीस्थित अल दाफ्रा एयर बेस नजिकै विस्फोटको आवाज सुनिएको स्थानीय स्रोतहरूले बताएका छन्। यूएईले आक्रमणको औपचारिक पुष्टि नगरे पनि हवाई सुरक्षा प्रणालीमार्फत केही मिसाइल तथा ड्रोन आकाशमै निष्क्रिय पारिएको जनाइएको छ। एहतियातका रूपमा यूएईले अस्थायी रूपमा आफ्नो हवाइमार्ग बन्द गरेको छ।

बहराइनमा रहेको अमेरिकी नौसैनिक फिफ्थ फ्लीट मुख्यालय आसपास पनि आक्रमणको प्रयास भएको बताइएको छ। राजधानी मनामामा साइरन बजाइएको थियो। कतारले आफ्नो आकाशमा प्रवेश गरेको कम्तीमा एक मिसाइल अवरोध गरी नष्ट गरेको जनाएको छ भने कुवेतले पनि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले जारी गरेको वक्तव्यमा अमेरिकी र इजरायली सैन्य कारबाहीको जवाफी कदमस्वरूप आक्रमण गरिएको दाबी गरिएको छ। यसअघि आज बिहान अमेरिका र इजरायलले इरानका केही आणविक तथा सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो।

आबुधावीमा धुवाँसहित ठूलो विस्फोटको आवाज सुनिए पनि जनजीवन सामान्य रहेको स्थानीय अधिकारीहरूले बताएका छन्। यस्तै प्रकारका ड्रोन तथा मिसाइल गतिविधि कतार र बहराइनमा पनि देखिएको छ।

क्षेत्रीय तनाव तीव्र बन्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेको छ। ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय उडान तथा क्षेत्रीय सुरक्षामा यसको प्रभाव पर्न सक्ने आकलन गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/