काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएकाले आज मूल्यमा कुनै परिवर्तन आएको छैन।
यद्यपि, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। मंगलबार प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भएको चाँदी बुधबार बढेर रु ५ हजार ७ सय १५ पुगेको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला रु १३० ले बढेको महासंघले जनाएको छ।
त्यसैगरी, बुधबार सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० मा कारोबार भइरहेको छ भने चाँदी प्रतिदश ग्राम रु ४ हजार ९ सय कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा हुने उतारचढावका कारण बहुमूल्य धातुको मूल्यमा दैनिक परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।




