Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २ हजार ६१६ दशमलव ९७ विन्दुमा पुगेको छ। यद्यपि बजार सूचक उकालो…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २ हजार ६१६ दशमलव ९७ विन्दुमा पुगेको छ। यद्यपि बजार सूचक उकालो लागे पनि कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन सेन्सेटिभ, फ्लोट तथा सेन्सेटिभ फ्लोट सूचकमा पनि सामान्य वृद्धि देखिएको छ। तर आइतबार करिब ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा सोमबार उक्त रकम घटेर ५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ। कुल १ करोड २६ लाख कित्ता शेयर ५६ हजार ३४७ पटकको कारोबारबाट खरिद–बिक्री भएका छन्।

कम्पनीगत प्रदर्शनतर्फ सालपा विकास बैंकको शेयर मूल्य सकारात्मक सर्किट तहसम्म उकालो लागेको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स, मेगा म्युचुअल फण्ड १सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्।

यता एनआईबिएल समृद्धि फण्ड २को इकाई मूल्यमा गिरावट देखिएको छ। कारोबार रकमका आधारमा भने आँखु खोला जलविद्युत अग्रस्थानमा रहेको छ।

सोमबार १३ उपसमूहमध्ये ६ वटा उपसमूहका सूचक बढ्दा ७ वटा उपसमूह घटेका छन्। समग्रमा बजारमा सूचकमा हरियाली देखिए पनि कारोबार रकममा आएको कमीले लगानीकर्ताको सक्रियता केही खुम्चिएको संकेत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/