Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री खुला

एपोलो हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी शेयर निष्काशन प्रक्रिया अघि बढाएको हो। कम्पनीलाई जारी…


विज्ञापनAdvertisement Banner
1 min read

एपोलो हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी शेयर निष्काशन प्रक्रिया अघि बढाएको हो।

कम्पनीलाई जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्य बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त भएको थियो।

यस अन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ४ करोड ७० लाख रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७० हजार कित्ता शेयर छुट्याइएको छ।

त्यसैगरी, सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ। यी शेयरहरूको कुल मूल्य ९४ लाख रुपैयाँ रहेको छ र प्रतिकित्ता १०० रुपैयाँ अंकित दर कायम गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/