Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सेयरबजारमा पहिरो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पुनः गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन घट्दै २७ दशमलव ५९ अंकले ओरालो लागेर २,६१४ दशमलव ५५…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पुनः गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन घट्दै २७ दशमलव ५९ अंकले ओरालो लागेर २,६१४ दशमलव ५५ बिन्दुमा बन्द भएको हो।

यस दिन सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट उपसूचकहरू समेत घटेका छन्। समग्र बजारमा दबाब कायम रहँदा कारोबार रकममा पनि कमी आएको देखियो। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घट्दै करिब १ करोड ५९ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा करिब ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि करिब ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये साल्पा विकास बैंकको सेयर मूल्य सकारात्मक सर्किट लाग्दै ३६ रुपैयाँ ३० पैसाले बढेर ३९९ रुपैयाँ ३० पैसामा पुगेको छ। रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। तर अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ। बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य करिब ८ दशमलव ९२ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट हुने कम्पनीमा परेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै ६३ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर डेभलपमेन्ट र एसवाई प्यानल नेपाल उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

उपसूचकतर्फ सबै १३ वटा समूहहरू ओरालो लागेका छन्। विशेषगरी ट्रेडिङ समूह सबैभन्दा बढी करिब ३ दशमलव ५९ प्रतिशतले घटेको छ। विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधनलगायत अन्य समूहहरूमा पनि उल्लेख्य गिरावट देखिएको छ।

समग्रमा, बजारमा लगानीकर्ताको आत्मविश्वास कमजोर देखिँदा अधिकांश क्षेत्र नकारात्मक बन्द भएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/