spot_img
19.1 C
Kathmandu
spot_img
Homeउद्योगउत्पादनसात महिनामा ७८ करोडको अदुवा निर्यात, परिमाण साढे तीन गुणाले वृद्धि

सात महिनामा ७८ करोडको अदुवा निर्यात, परिमाण साढे तीन गुणाले वृद्धि

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा नेपालले ९ हजार ६ सय ५६ टन अदुवा निर्यात गरी ७७ करोड ७९ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि माघसम्मको अवधिमा निर्यात परिमाण झन्डै साढे तीन गुणा र आम्दानी झन्डै दोब्बरले बढेको हो।

गत आवको सोही अवधिमा २ हजार ७ सय १७ टन अदुवा निर्यात हुँदा ३९ करोड ८४ लाख रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष ताजा अदुवाको हिस्सा सबैभन्दा बढी रहेको छ। ९ हजार १ सय ६१ टन ताजा अदुवा निर्यातबाट मात्रै ५६ करोड ६५ लाख रुपैयाँ भित्रिएको छ।

नेपाली अदुवाको मुख्य बजार भारत रहेको छ, जहाँ ८ हजार ९ सय ३७ टन ताजा अदुवा निर्यात भएको छ। त्यस्तै बंगलादेश, जर्मनी, युनाइटेड अरब इमिरेट्स र अस्ट्रेलिया सम्म पनि नेपाली अदुवा पुगेको छ। जर्मनीमा सुठो निर्यातबाट उच्च आम्दानी भएको देखिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here