Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कांग्रेसको नीतिगत प्रस्ताव—क्रिप्टोकरेन्सीमा उदार दृष्टिकोण अपनाइने

काठमाडौं। गगनकुमार थापा ले नेपालले क्रिप्टोकरेन्सी सम्बन्धी नीतिमा खुला र व्यवहारिक दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस ले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै डिजिटल सम्पत्तिको कारोबारबारे उदार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं। गगनकुमार थापा ले नेपालले क्रिप्टोकरेन्सी सम्बन्धी नीतिमा खुला र व्यवहारिक दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस ले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै डिजिटल सम्पत्तिको कारोबारबारे उदार नीति लिने संकेत दिएको हो।

उनका अनुसार विश्वका धेरै मुलुकहरूले क्रिप्टोकरेन्सीलाई नियमनसहित स्वीकार गर्दै लगानी, प्रविधि र नवप्रवर्तनका अवसर विस्तार गरिरहेका छन्। तर नेपालमा भने पूर्ण प्रतिबन्धको नीतिका कारण सम्भावित आर्थिक लाभ गुमिरहेको उनको तर्क छ।

विशेषगरी ‘माइनिङ’ जस्ता गतिविधिबाट प्राप्त हुन सक्ने राजस्व, रोजगारी र प्रविधि हस्तान्तरणका अवसर नेपालले उपयोग गर्न नसकेको उल्लेख गर्दै उनले समयअनुकूल कानुनी तथा नीतिगत संरचना निर्माण गर्नुपर्ने धारणा राखे।

कांग्रेसको प्रस्ताव अनुसार, क्रिप्टो कारोबारलाई पूर्णतः निषेध गर्ने भन्दा पनि प्रभावकारी नियमन, पारदर्शिता र जोखिम व्यवस्थापनमार्फत व्यवस्थित ढंगले सञ्चालन गर्ने दिशामा नीति अघि बढाइने जनाइएको छ।

यस प्रस्तावले डिजिटल अर्थतन्त्रतर्फ उन्मुख विश्व प्रवृत्तिसँग नेपाललाई जोड्ने र नयाँ प्रविधिमार्फत आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखेको पार्टीको भनाइ छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/