
काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ०.९४ अंकले बढेर २ हजार ६३० बिन्दुमा कायम भएको छ। यस दिन ३६० कम्पनीका १ करोड ५३ लाख कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
बजार परिसूचकमा झिनो सुधार देखिए पनि अधिकांश उपसूचकमा दबाब कायम रहेको छ। मंगलबार ९ वटा उपसूचक घटेका छन् भने ४ वटामा सामान्य सुधार देखिएको छ। आज हाइड्रोपावर समूहको शेयर मूल्य सर्वाधिक बढेको छ। यस्तै, म्युचुअल फन्ड र माइक्रोफाइनान्स समूहमा पनि सुधार देखिएको छ।
आज १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ। बजारमा बढ्ने र घट्ने कम्पनीको संख्या लगभग बराबर रहँदा नेप्सेमा सामान्य सुधार मात्रै देखिएको हो।
आज घलेम्दी हाइड्रो, पिपुल्स हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, लिवर्टी इनर्जी, ग्रीन भेन्चर्स, हिमालयन डिष्टिलरी, अपी पावर, सोलु हाइड्रोपावर, बलेफी हाइड्रोपावर र शिवम् सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।
यसदिन बेनी हाइड्रोपावर प्रोजेक्ट, माथिल्लो मैलुङ खोला जलविद्युत, दोर्दी खोला जलविद्युत, सुपर मादी हाइड्रोपावर, श्रीजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सोलु हाइड्रोपावर र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले सर्वाधिक कमाएका छन्।






Leave a Reply