बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा वृद्धि कायम, कारोबार रकम पनि बढ्यो

काठमाडौं- सातादेखि निरन्तर उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार पनि वृद्धि देखिएको छ। बजार परिसूचकसँगै यस दिन शेयर कारोबार रकमसमेत बढेको छ। यस दिन नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं- सातादेखि निरन्तर उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार पनि वृद्धि देखिएको छ। बजार परिसूचकसँगै यस दिन शेयर कारोबार रकमसमेत बढेको छ।

यस दिन नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले वृद्धि भएका छन्।

बजारमा कुल ३४९ वटा स्टकको ३८ हजार ८६१ पटक कारोबार हुँदा १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ। उक्त कारोबारबाट कुल ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने ४ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

बेनी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

यस दिन बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ४० रुपैयाँ ९० पैसाले बढेर ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। कम्पनीको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको पहिलो दिनमै यस्तो वृद्धि देखिएको हो।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य र लक्ष्मी उन्नति कोषको इकाईमूल्य करिब ६.५ प्रतिशतले बढेका छन्। मूल्य घटेका स्टकहरूको गिरावट भने ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकममा कुमारी बैंक अगाडि

कारोबार रकमका आधारमा कुमारी बैंक पहिलो स्थानमा रहेको छ। बैंकको २३ करोड ६१ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

नौ उपसमूहको परिसूचक बढ्यो

नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये नौ वटाको परिसूचक बढेको छ भने चार वटाको घटेको छ। वित्त उपसमूह सबैभन्दा बढी १.०३ प्रतिशतले वृद्धि भएको छ।

यस दिन बैंकिङ, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहका परिसूचकमा भने सामान्य गिरावट देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *