बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं — नेपाल राष्ट्र बैंकले बुधबार (२१ असोज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ…


विज्ञापनAdvertisement Banner
◷
3 min read

काठमाडौं — नेपाल राष्ट्र बैंकले बुधबार (२१ असोज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा रहेको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ९१ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ६ पैसा तोकिएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ २ पैसा र बिक्रीदर ४१ रुपैयाँ १८ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४१ पैसा रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा रहेको छ।

दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११ रुपैयाँ ५५ पैसा छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५ रुपैयाँ ४५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६४ पैसा रहेको छ।

बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१० रुपैयाँ तथा ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *