
काठमाडौं — नेपाल राष्ट्र बैंकले आज (२ असोज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा कायम भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा कायम भएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५३ पैसा कायम भएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा तोकिएको छ।
त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १९ पैसा कायम भएको छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा तोकिएको छ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा तोकिएको छ। बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९७ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४८ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने केन्द्रीय बैंकले जनाएको छ।




Leave a Reply