बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लगातार चौथो कारोबार दिन बढ्यो नेप्से , कारोबार रकम पनि उकालो

काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। लगातार चार कारोबार दिनदेखि सकारात्मक रहेको बजारमा यस दिन कारोबार रकमसमेत वृद्धि भएको छ। मंगलबार…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। लगातार चार कारोबार दिनदेखि सकारात्मक रहेको बजारमा यस दिन कारोबार रकमसमेत वृद्धि भएको छ।

मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २,५९९.९३ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स २.३५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंकले वृद्धि भएका छन्।

अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँ पुगेको छ। यस दिन ३५१ वटा स्टकको ४६ हजार ६५९ पटकको कारोबारबाट १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

मंगलबार सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य १२.४४ प्रतिशतले बढेर सर्वाधिक वृद्धि हुने कम्पनी बनेको छ। अन्य कम्पनीहरूको शेयरमूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

यसको विपरीत, स्नो रिभर्सको शेयरमूल्य नकारात्मक सर्किट स्तरमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १४९ रुपैयाँ ९० पैसाले घटेर अन्तिम कारोबार मूल्य ८४९ रुपैयाँ ४० पैसा कायम भएको छ। त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि करिब १३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो अग्रस्थानमा रहेको छ। कम्पनीको मंगलबार ३६ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यसैगरी, माउन्टेन इनर्जीको करिब २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ। माउन्टेन इनर्जीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये मंगलबार पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

यस दिन जीवन बीमा उपसमूह सबैभन्दा बढी १.७७ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, लगानी तथा निर्जीवन बीमा उपसमूहका परिसूचकमा पनि सामान्य वृद्धि देखिएको छ।

समग्रमा, नेप्से परिसूचक र कारोबार रकम दुवै बढ्नुले बजारमा सकारात्मक गति कायम रहेको देखाएको छ। यद्यपि, अधिकांश उपसमूहमा गिरावट आउनुले बजारको वृद्धि सबै क्षेत्रमा समान रूपमा फैलिन नसकेको संकेत गर्दछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *