बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सेबोनको पाइपलाइनमा १११ कम्पनी, ७० अर्बभन्दा बढीको आईपीओ

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) मा १११ कम्पनीले ७० अर्ब ६४ करोड ९८ लाख रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्। यी कम्पनीले कुल ४९ करोड ५ लाखभन्दा बढी कित्ता…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) मा १११ कम्पनीले ७० अर्ब ६४ करोड ९८ लाख रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्। यी कम्पनीले कुल ४९ करोड ५ लाखभन्दा बढी कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका हुन्।

सेबोनको पाइपलाइनमा कम्पनी संख्याका आधारमा जलविद्युत् क्षेत्र अगाडि छ। यस क्षेत्रका ३४ कम्पनीले १७ अर्ब १९ करोड २३ लाख रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्।

प्रस्तावित रकमका आधारमा भने उत्पादन तथा प्रशोधन क्षेत्र पहिलो स्थानमा छ। यस क्षेत्रका ३२ कम्पनीले ३५ अर्ब ७१ करोड ४ लाख रुपैयाँभन्दा बढीको आईपीओ ल्याउन आवेदन दिएका छन्।

त्यस्तै, होटल तथा पर्यटन क्षेत्रका १८ कम्पनीले ६ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी, अन्य क्षेत्रका १५ कम्पनीले ६ अर्ब १३ करोड रुपैयाँभन्दा बढी र लगानी क्षेत्रका नौ कम्पनीले ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्। लघुबीमा क्षेत्रका तीन कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासन प्रस्ताव गरेका छन्।

सेबोनले कम्पनीका वित्तीय विवरण, आवश्यक कागजात र कानुनी मापदण्ड जाँच गरेपछि मात्रै आईपीओ निष्कासनको स्वीकृति दिने गर्छ। पाइपलाइनमा रहेका केही कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि स्वीकृति पर्खिरहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *