बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब ९३ करोड नाघ्यो

काठमाडौं -साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार घटेको बजार बिहीबार भने २.३१ अंकले उकालो लागेको हो। बिहीबारको कारोबारपछि…


विज्ञापनAdvertisement Banner
◷
2 min read
काठमाडौं -साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार घटेको बजार बिहीबार भने २.३१ अंकले उकालो लागेको हो।

बिहीबारको कारोबारपछि नेप्से परिसूचक २.३१ अंक बढेर २,५७४.६५ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.८१ अंक, फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले वृद्धि भएका छन्।

परिसूचकसँगै बिहीबार कारोबार रकममा पनि वृद्धि देखिएको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन ३५४ स्टकको १ करोड १२ लाख ३३ हजार कित्ता शेयर ४३ हजार ८१२ पटकको कारोबारमार्फत खरिदबिक्री भएको छ।

बिहीबार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो।

त्यस्तै, स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य पनि ६ प्रतिशतले वृद्धि भएको छ।

यसको विपरीत, कारोबारमा आएको आरबिबि म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ८.०७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा बिहीबार पनि घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २६ करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यस्तै, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

बिहीबार १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *