
काठमाडौं — प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका ८ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएका हुन् ।
जमुना कुमारी श्रेष्ठले १ लाख ३१ हजार ७४७ कित्ता, तिलकबहादुर प्रधानले ३८ हजार ४४ कित्ता, भेन्चर होल्डिङ्स प्रालिले १ लाख २६ हजार ५३६ कित्ता र हिमानी शाहले ५ हजार २६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् ।
त्यस्तै, रन्जीता श्रेष्ठले २८ हजार १३३ कित्ता, मन दाहालले ५ हजार ९४९ कित्ता, कमला अधिकारी सापकोटाले १४ हजार ९०० कित्ता र बेलबहादुर भण्डारीले १ लाख २७ हजार २३१ कित्ता शेयर बिक्रीमा राखेका छन् ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।






Leave a Reply