
काठमाडौं — सिटिजन्स बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी प्रदीपचन्द्र पोखरेलले ९ हजार ९२३.२६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन् ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन आह्वान गरेको थियो। तर, संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि निवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि सूचना प्रकाशित गरिएको बैंकले स्पष्ट पारेको छ।
प्रचलित कानुनबमोजिम संस्थापक शेयर खरिद गर्न योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।






Leave a Reply