Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

६ बैंकलाई अग्राधिकार शेयर निष्कासन अनुमति

काठमाडौं — पुँजीकोष सुदृढीकरणका लागि बैंकहरुलाई अविमोच्य अञ्चिति अग्राधिकार शेयर निष्कासनको बाटो खुलेसँगै ६ बैंकले अनुमति प्राप्त गरेका छन्। नेपाल धितोपत्र बोर्ड ले हालसम्म ५ वाणिज्य बैंक र १ विकास बैंकलाई यस्तो…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — पुँजीकोष सुदृढीकरणका लागि बैंकहरुलाई अविमोच्य अञ्चिति अग्राधिकार शेयर निष्कासनको बाटो खुलेसँगै ६ बैंकले अनुमति प्राप्त गरेका छन्। नेपाल धितोपत्र बोर्ड ले हालसम्म ५ वाणिज्य बैंक र १ विकास बैंकलाई यस्तो शेयर जारी गर्न स्वीकृति दिएको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्र बैंक तथा वित्तीय संस्थाले अग्राधिकार शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन पाउने व्यवस्था छ। १०० रुपैयाँ अंकित मूल्यमा जारी हुने यी शेयर ५० जनाभन्दा कम संस्थागत लगानीकर्तालाई मात्र बिक्री गरिनेछन्। सर्वसाधारण तथा सामूहिक लगानी कोषले भने लगानी गर्न पाउने छैनन्।

अनुमति पाउने बैंकहरुमा नबिल बैंक (५ अर्ब, लाभांश ८%), एनएमबि बैंक (३ अर्ब, ८.२५%), सिद्धार्थ बैंक (३ अर्ब ५० करोड, ८.५%), सानिमा बैंक (२ अर्ब, ८.५%), माछापुच्छ्रे बैंक (३ अर्ब, ८.५%) र कामना सेवा विकास बैंक (३५ करोड, ९%) रहेका छन्।

बोर्डका अनुसार अग्राधिकार शेयरको लाभांश मुनाफा भएको वर्षमा मात्र वितरण गरिनेछ। केही बैंकले निष्कासन प्रक्रिया अघि बढाइसकेका छन् भने अन्य बैंक तयारीमा रहेका छन्। वित्तीय क्षेत्रको पुँजी आधार मजबुत बनाउन यस्तो साधन प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/