Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सानिमा जिआईसीको ३हजार ९१६ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं- सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ३ हजार ९१६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले सूचना जारी गर्दै उक्त परिमाणको सेयर बिक्री प्रक्रिया अघि बढाएको जनाएको हो। कम्पनीका अनुसार बिक्रीमा राखिएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं- सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ३ हजार ९१६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले सूचना जारी गर्दै उक्त परिमाणको सेयर बिक्री प्रक्रिया अघि बढाएको जनाएको हो।

कम्पनीका अनुसार बिक्रीमा राखिएको संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य खुलाएर काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकेको समयसीमाभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई समेत उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले सेयर खरिदसम्बन्धी थप विवरणका लागि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/