spot_img
25 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एपोलो हाईड्रोपावर लिमिटेड को आईपीओ भर्ने आज...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एपोलो हाईड्रोपावर लिमिटेड को आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं – एपोलो हाईड्रोपावर लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ २८ गतेदेखि उक्त आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले माघ २० गते नेपाल धितोपत्र बोर्डबाट १४ करोड १० लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका १४ लाख १० हजार कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो। निष्कासन गरिएको कुल सेयरमध्ये १० प्रतिशत अर्थात ४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये ५० प्रतिशत अर्थात ३ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–७ र ८ का बासिन्दाका लागि, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२ र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–३ का बासिन्दाका लागि तथा बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–२ र गोकुलगंगा गाउँपालिका–१ का बासिन्दाका लागि छुट्याइएको छ।

कुल निष्कासनमध्ये बाँकी २० प्रतिशत अर्थात ९ करोड ४० लाख रुपैयाँ बराबरको ९ लाख ४० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि बिक्रीमा राखिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ। आवेदन धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

इच्छुक लगानीकर्ताहरूलाई तोकिएको समयभित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here