Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ४१० रुपैयाँ

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक समूहअन्तर्गतका सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले कुल ४२ हजार २३५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको जनाएको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक समूहअन्तर्गतका सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले कुल ४२ हजार २३५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको जनाएको छ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकताका आधारमा खरिदका लागि अवसर दिइएको थियो। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेपछि कम्पनीले अब आम सर्वसाधारण व्यक्ति तथा संस्थालाई समेत खरिद गर्न पाउने गरी १५ दिने सार्वजनिक सूचना जारी गरेको हो।

सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

कम्पनीका अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४१० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी दर उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन्।

संस्थापक सेयरमा लगानी गर्न चाहने लगानीकर्ताका लागि यो अवसर महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/