Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सगरमाथा जलविद्युत कम्पनीको शेयर लकइन अवधि सकिंदै

काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता शेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट समाप्त हुँदैछ। हाल कम्पनीका संस्थापक शेयरधनीतर्फ ५९ लाख ८३ हजार ३२०, आयोजना प्रभावित…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता शेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट समाप्त हुँदैछ।

हाल कम्पनीका संस्थापक शेयरधनीतर्फ ५९ लाख ८३ हजार ३२०, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फ ११ लाख ७३ हजार २००, र कम्पनीमा कार्यरत कर्मचारीतर्फ १ लाख ३७ हजार २६४ कित्ता शेयर लकइनमा रहेका छन्।

कम्पनीले आईपीओ निष्काशन गरेपछि सर्वसाधारणलाई बाँडफाँड गरेको शेयर सामूहिक लगानी कोषतर्फ ६ महिनासम्म, र संस्थापक, प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीतर्फ ३ वर्षसम्म कारोबार गर्न नपाउने प्रावधान अनुसार लकइनमा राखिएको हो।

लकइन अवधि समाप्त भएपछि चैत १७ गतेदेखि उक्त शेयर बजारमा कारोबार गर्न सकिने छ। तर, कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूले भने कारोबार गर्न पाउने छैनन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/