Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सेयर बजार सुधार र लगानीकर्ताको सुरक्षामा एमालेको जोड

  काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो आगामी चुनावी घोषणापत्रमा पुँजी बजार सुधार, प्रभावकारी नियमन र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीले सेयर बजारलाई व्यवस्थित, पारदर्शी…


विज्ञापनAdvertisement Banner
2 min read


  काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो आगामी चुनावी घोषणापत्रमा पुँजी बजार सुधार, प्रभावकारी नियमन र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीले सेयर बजारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्यसहित विभिन्न नीतिगत कार्यक्रम अघि सारेको जनाएको छ।

घोषणापत्रअनुसार पुँजी बजारको दिगो विकासका लागि नियामक निकायलाई थप सशक्त बनाइने, अनियमितता र चलखेल नियन्त्रण गरिने तथा लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गरिने उल्लेख छ। बजारमा देखिने अस्थिरता घटाएर विश्वासको वातावरण निर्माण गर्ने उद्देश्य पनि पार्टीले लिएको छ।

यसका साथै बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण प्रणालीलाई थप मजबुत बनाउने, कर्जालाई उत्पादनशील क्षेत्र—कृषि, उद्योग, ऊर्जा लगायत—मा केन्द्रित गर्ने नीति अवलम्बन गरिने जनाइएको छ। वित्तीय पहुँच विस्तार गरी साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण लगानी उपलब्ध गराउने योजना पनि समावेश गरिएको छ।

डिजिटल वित्तीय सेवाको विस्तार, नगदरहित कारोबार प्रवर्द्धन तथा सम्भावित डिजिटल मुद्रा सम्बन्धी अध्ययन र कार्यान्वयनलाई पनि घोषणापत्रमा समेटिएको छ। आधुनिक प्रविधिमार्फत वित्तीय प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउने पार्टीको लक्ष्य रहेको छ।

त्यसैगरी भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, क्राउडफन्डिङ, हरित तथा जलवायु वित्त जस्ता वैकल्पिक लगानी उपकरणहरूलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ। दीर्घकालीन पूर्वाधार विकासका लागि हाइब्रिड एन्युटी मोडल जस्ता नवीन वित्तीय संरचनालाई समेत अघि बढाइने योजना छ।

वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई उपभोगभन्दा उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रणनीति अपनाइने पनि घोषणापत्रमा स्पष्ट गरिएको छ। समग्रमा पुँजी बजारलाई सुदृढ बनाउँदै आर्थिक विकासमा यसको योगदान बढाउने उद्देश्य एमालेले अघि सारेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/