बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं — माउन्टेन इनर्जी नेपाल लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। दुवै कम्पनीले आगामी वार्षिक साधारणसभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द भोलि कात्तिक…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — माउन्टेन इनर्जी नेपाल लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

दुवै कम्पनीले आगामी वार्षिक साधारणसभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द भोलि कात्तिक १० गते गर्ने भएकाले आजसम्म शेयर खरिद गरी नाममा कायम भएका शेयरधनीले प्रस्तावित लाभांश पाउन र साधारणसभामा सहभागी हुन सक्नेछन्।

माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस शेयरबापत ६२ करोड ४६ लाख ५१ हजार ७७० रुपैयाँ बराबरको शेयर तथा कर प्रयोजनका लागि ३ करोड २८ लाख ७६ हजार ४०९ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो।

 

माउन्टेन इनर्जीको तेह्रौँ वार्षिक साधारणसभा कात्तिक २० गते बिहान १०ः३० बजे काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा बस्नेछ। सभाले लाभांश प्रस्ताव पारित गर्नुका साथै वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा पाँच जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावमाथि छलफल गर्नेछ।

 

त्यस्तै बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

बिन्ध्यबासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारणसभा कात्तिक १८ गते बिहान ९ः३० बजे काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बस्नेछ। सभामा बोनस शेयर वितरण, चुक्ता पुँजीको अनुपातमा हकप्रद शेयर जारी गर्ने, वित्तीय विवरण पारित गर्ने तथा अन्य प्रस्तावमाथि छलफल हुनेछ।

 

दुवै कम्पनीको लाभांश पाउनका लागि आजसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर खरिद गरी सम्बन्धित कम्पनीको शेयरधनी दर्ता पुस्तिकामा नाम कायम भएको हुनुपर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *