बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

गुराँस लघुवित्तको साधारणसभा भोलि बस्दै, १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं — गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारणसभा भोलि कात्तिक १० गते मंगलबार बस्दैछ। धनकुटाको हिलेस्थित कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे सुरु हुने सभामा शेयरधनीलाई बोनस शेयर र नगद…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारणसभा भोलि कात्तिक १० गते मंगलबार बस्दैछ। धनकुटाको हिलेस्थित कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे सुरु हुने सभामा शेयरधनीलाई बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।

संस्थाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ ११ पैसा बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुनेछ।

त्यस्तै कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५ प्रतिशत अर्थात् ६ लाख ६१ हजार ७९० रुपैयाँ २७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ। दुवै प्रस्ताव पारित भएमा शेयरधनीले बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश पाउनेछन्।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितको वित्तीय विवरण पारित गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत छलफल हुनेछ।

यसैगरी बोनस शेयर जारी गरेपछि चुक्ता पुँजी बढ्ने भएकाले संस्थाको प्रबन्धपत्र संशोधन गर्ने तथा सञ्चालकहरूको दैनिक र भ्रमण भत्ता बढाउन नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ। साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २८ गते बूक क्लोज गरिसकेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *