बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दशैंलगत्तै खुल्दै हिम पर्वत हाइड्रोपावरको आईपीओ

काठमाडौं — दशैं सकिएलगत्तै हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री खुला…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — दशैं सकिएलगत्तै हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको छ । सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता आवेदन दिन १ हजार रुपैयाँ आवश्यक पर्छ ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का बासिन्दाका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७६ हजार कित्ता यी दुई गाउँपालिकाका अन्य वडामा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आवेदन खुल्नेछ । उनीहरूले छिटोमा कात्तिक १६ गतेसम्म र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट पनि आवेदन दिन सकिनेछ । आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *