बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

लगातार पाँचौँ दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं- नेपाली शेयर बजारमा नेप्से परिसूचक बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। लगातार चार कारोबार दिनदेखि उकालो लागेको बजारमा यस दिन पनि वृद्धि देखिएको हो। यद्यपि, परिसूचक बढे पनि कारोबार रकम…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं- नेपाली शेयर बजारमा नेप्से परिसूचक बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। लगातार चार कारोबार दिनदेखि उकालो लागेको बजारमा यस दिन पनि वृद्धि देखिएको हो। यद्यपि, परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंकले बढेको छ। त्यसैगरी, फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंकले वृद्धि भएका छन्।
बजारमा बुधबार ३५४ वटा स्टकको ३९ हजार १८३ पटक कारोबार भएको छ। उक्त कारोबारमा १ करोड १६ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार भने ४ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
एसबिआई डिबेञ्चरको मूल्यमा उच्च वृद्धि
बुधबार १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १३.२१ प्रतिशतले बढेको छ। त्यस्तै, ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कारोबारमा रहेका अन्य स्टकहरूको मूल्य वृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ।
यस दिन सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६.३२ प्रतिशतले घटेको छ।
कारोबार रकममा कुमारी बैंक अगाडि
कारोबार रकमका आधारमा बुधबार कुमारी बैंक पहिलो स्थानमा रहेको छ। बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम साढे २१ करोड रुपैयाँ नाघेको छ। लक्ष्मी सनराइज बैंकको भने करिब १३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
सबै उपसमूह हरियो
बुधबार नेप्सेमा सूचीकृत १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये बैंकिङ्ग उपसमूह सर्वाधिक १.४५ प्रतिशतले उकालो लागेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *