काठमाडौं, नेपाली बजारमा आज जेठ १९ गते (मंगलबार) सुन र चाँदी दुबैको मूल्यमा वृद्धि देखिएको छ। पछिल्ला दिनमा स्थिरजस्तो देखिएको बजार मंगलबार भने फेरि उकालो लागेको हो, जसले लगानीकर्ता र सर्वसाधारणको ध्यान तानेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार भने सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३५५ रुपैयाँ कायम रहेको थियो।




