Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं - स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रुपैयाँ निर्धारण गरिएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ५ हजार ४९५ रुपैयाँ थियो। त्यसअघि बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ र चाँदी ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा किनबेच भएको थियो भने चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा आज एक औँस सुन करिब ५ हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै, चाँदी (सेतो धातु) प्रति औँस करिब ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै प्रभावले स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/