Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६ सय रुपैयाँ…


विज्ञापनAdvertisement Banner
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ११ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यससँगै सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७२ हजार २ सय ९० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ थियो। चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा परेको व्यवसायीहरू बताउँछन्। पछिल्लो गिरावटले सुन–चाँदी कारोबारमा केही चलायमानता आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/