spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीसाताभर सुनमा ४६ सय रुपैयाँ वृद्धि, तोलाको मूल्य ३ लाख १४ हजार...

साताभर सुनमा ४६ सय रुपैयाँ वृद्धि, तोलाको मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँमा कायम

काठमाडौं– नेपाली बजारमा यस साता सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। साताको पहिलो कारोबार दिनदेखि नै उकालो लागेको सुनको भाउ अन्तिम दिनसम्म आइपुग्दा समग्रमा ४ हजार ६ सय रुपैयाँले बढेको हो।

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढ्दै ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसको भोलिपल्ट सोमबार पनि सुनको भाउ ३ हजार २ सय रुपैयाँले वृद्धि भई ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भयो।

लगातार तेस्रो दिन मंगलबार पनि सुनको मूल्य उकालो लाग्दै १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भयो। यद्यपि बुधबार भने सुनको मूल्य स्थिर रह्यो र अघिल्लो दिनकै मूल्यमा कारोबार भयो।

बिहीबार पुनः सुनको भाउ ६ सय रुपैयाँले वृद्धि भई प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ पुग्यो। तर साताको अन्तिम दिन शुक्रबार भने सामान्य गिरावट देखिँदै ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा किनबेच भएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here