Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ। बिहीबारको तुलनामा सुन प्रतितोला रु ५०० ले घटेको छ भने चाँदी प्रतितोला रु १५…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ। बिहीबारको तुलनामा सुन प्रतितोला रु ५०० ले घटेको छ भने चाँदी प्रतितोला रु १५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ९०० मा कारोबार भइरहेको छ। बिहीबार सोही परिमाणको सुन रु ३ लाख १५ हजार ४०० कायम भएको थियो। यस्तै, आज चाँदी प्रतितोला रु ५ हजार ७४० निर्धारण भएको छ, जुन अघिल्लो दिन रु ५ हजार ७२५ थियो।

यसअघि गत बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ९०० र चाँदी रु ५ हजार ५८५ कायम भएको थियो भने सोमबार सुन रु ३ लाख १३ हजार ५०० र चाँदी रु ५ हजार ५९५ मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔँस ५ हजार १८७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै, चाँदी प्रतिऔँस ९० अमेरिकी डलरमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/