Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा वृद्धि

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएकाले आज मूल्यमा कुनै परिवर्तन आएको छैन।

यद्यपि, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। मंगलबार प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भएको चाँदी बुधबार बढेर रु ५ हजार ७ सय १५ पुगेको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला रु १३० ले बढेको महासंघले जनाएको छ।

त्यसैगरी, बुधबार सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० मा कारोबार भइरहेको छ भने चाँदी प्रतिदश ग्राम रु ४ हजार ९ सय कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा हुने उतारचढावका कारण बहुमूल्य धातुको मूल्यमा दैनिक परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/