
काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १३ वटा जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन्। कम्पनीहरूले बोनस सेयर तथा नगद लाभांशमार्फत सेयरधनीलाई प्रतिफल दिने प्रस्ताव गरेका हुन्।
लाभांश घोषणा गरेका कम्पनीमध्ये माउन्टेन इनर्जी नेपाल सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९४७ प्रतिशत नगद लाभांशसहित कुल १८.९४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। सुपर मादी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरले समान १५.७८९ प्रतिशत लाभांश घोषणा गरेका छन्।
सिकलेस हाइड्रोपावरले १२.७१ प्रतिशत बोनस सेयर र ०.६६९ प्रतिशत नगद लाभांश गरी कुल १३.३७५ प्रतिशत लाभांश दिने जनाएको छ। माण्डु हाइड्रोपावरले १२ प्रतिशत लाभांश घोषणा गर्दा स्नो रिभर नेपाल र विकास हाइड्रोपावरले समान १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन्।
यसैगरी, युनाइटेड मर्दी एन्ड आरबी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरले समान ५.२६ प्रतिशत लाभांश घोषणा गरेका छन्। विद्याबासिनी हाइड्रोपावरले ५.२६३२ प्रतिशत, सानिमा मिडल तमोर हाइड्रोपावरले ५.२६३ प्रतिशत र बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन्।


Leave a Reply